मिस नेपालको दौड सुरु

बीस वर्षीया साहाना बज्राचार्य अहिले खुसी छिन् । पाँच फिट छ इन्च अग्ली काठमाडौंकी यी सुन्दरी खुसी हुनुको एउटै कारण हो, मिस ने पाल-२०१० मा सहभागिता । स्नातक तेस्रो वर्षकी यी छात्रा मिस नेपालका अन्य २३ प्रतिस्पर्धीभन्दा बढी खुसी हुनुपर्ने एउटै मात्र कारण मिस नेपालमा उनको यो दोस्रो पटकको सहभागिता हो । दुई वर्षअघि अर्थात् सन् २००८ को मिस नेपालमा उनले पहिलो पटक सहभागिता जनाएकी थिइन् । दुर्भाग्य, निर्णायक प्रतियोगिताकै दिन गृह मन्त्रालयले आयोजक हिडन टे्रजरलाई एउटा पत्र पठाउँदै मिस नेपाल प्रतियोगितालाई सुरक्षा दिन नसक्ने जनायो । शान्ति -सुरक्षा कायम गर्ने सरकारी निकायबाटै सुरक्षा दिन नसकिने बेहोराको पत्र पाएपछि आयोजकले अन्तिम क्षणमा मिस नेपाल स्थगित भएको घोषणा गरे ।


'दुई वर्षअघिको त्यो दुःखद् दिन मैले अहिलेसम्म बिर्सन सकेकी छैन, स्पष्टवक्ता साहाना भन्छिन्, 'अहिले पनि नयाँ प्रधानमन्त्रीको नियुक्ति हुन् बाँकी नै छ । पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभयो भने यसपटक पनि हामीमध्ये कसैको शिरमा मिस नेपालको मुकुट सजिने हो कि हैन, शंकै छ ।' संयोगको कुरा के छ भने सन् २००८ मा मिस नेपाल स्थगित हुँदा पनि पुष्पकमल दाहाल नै नेपालका प्रधानमन्त्री थिए । 'यो दुई वर्षमा दाहालमा सुन्दरी प्रतियो गिताप्रति सकारात्मक सोच पलाएको हुनुपर्छ, पत्रकारिताकी छात्रासमेत रहेकी साहानाले थपिन्, 'यसपटक चाहिँ उहाँले कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न हुन दिनुहुनेछ भन्ने कुरामा हामी सबै विश्वस्त छौं ।'


साहाना जस्तै देशका विभिन्न भागको प्रतिनिधित्व गर्दै राजधानीमा भेला भएका २४ जना युवती यतिबेला सानेपास्थित इन्टरनेसनल क्लबमा दिनहुँ पुग्छन् । अघिल्लो साता आयोजक हिडेन टे्रजरले गरेको अनौपचारिक अडिसनपछि छनौट भएका २४ सुन्दरी मिस नेपाल-२०१० का लागि प्रशिक्षणमा जुटिसकेका छन् । कोरियोग्राफर रचना शर्मा गुरुङले ५ फिट ४ इन्चभन्दा अग्ला यी युवतीहरूलाई व्यक्तित्व विकास, क्याटवाक आदि विधामा प्रशिक्षण दिइरहेका छिन् । यसबाट प्रतियोगीहरूको व्यक्तित्व विकास, आत्मविश्वास तथा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने आशा आयोजकहरूले लिएका छन् । यसबाहेक निणर्ायक चरणका लागि छनौट हुने २० सुन्दरीका लागि क्लोज क्याम्प पनि सञ्चालन गरिनेछ । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रतियोगिताको अन्तिम दिन समाजका प्रतिष्ठित व्यक्तिहरू समावेश गरिएको छनौट समितिले विजेताको घोषणा गर्नेछ ।


यस वर्ष-२०१० को मिस नेपाल आगामी सेप्टेम्बर १ तारिख अर्थात् भदौ १६ गते कृष्ण जन्माष्टमीका दिन आयोजना हुने कुरा तय भएको छ । गत सोमबार साँझ साप्ताहिक संवाददाता प्रशिक्षणस्थलमा पुग्दा ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल सबै सुन्दरीलाई फोटोग्राफीका बारेमा प्रशिक्षण दिइरहेका थिए । क्यामेराको फेस गर्ने तरिकादेखि लिएर फोटोसेसनका क्रममा दिनुपर्ने पोजका बारेमा उनी केन्दि्रत भैरहेका थिए ।


आयोजक हिडेन टे्रजरका अध्यक्ष गोपाल कक्षपतिका अनुसार निणर्ायक प्रतियोगितामा जम्मा २० जना सुन्दरी सहभागी हुनेछन् । पहिलो चरणमा छनौट भएका २४ सुन्दरीमध्ये प्रशिक्षणको क्रममा औसतभन्दा कम क्षमता प्रस्तुत गर्ने ४ जना सुन्दरी निणर्ायक चरणसम्म पुग्ने छैनन् । मिस नेपालको झन्डै डेढ दशक लामो इतिहासमा पहिलो पटक विजेताले कार पाउने भएका छन् । आयोजक संस्थाका अध्यक्ष कक्षपति भन्छन्, 'प्रतियोगिताको महत्त्वलाई दर्शाउन हामीले मिस नेपालको उपाधि जित्ने सुन्दरीलाई यस वर्षदेखि कार उपहार दिने निर्णय गरेका छौं । फस्ट रनर्स अपले स्कुटर पाउनेछिन् ।' मिस नेपालको उपाधि जित्ने सुन्दरीले पहिलो पटक 'चेरी' कार पाउनेछिन् ।


नेपालमा चेरी गाडीको आयातकर्ता बामा मोटर्सले नयाँ मिस नेपाललाई चेरी क्यु ३ कार दिने भएको हो । मिस नेपालको आयोजक द हिडेन टे्रजर, मुख्य प्रायोजक डाबर नेपाल तथा बामा मोटर्सबीच अघिल्लो साता यससम्बन्धी सम्झौता भएको थियो । आयोजकका अनुसार मिस नेपालमा फस्ट रनर्स अपको उपाधि जित्ने सुन्दरीले महिन्द्राको स्कुटर पाउनेछिन् । सन् १९९४ देखि आयोजना हुँदै आएको मिस नेपाल प्रतियोगिता यसपटक पहिलो पटक डाबर स्पेसल मिस नेपालको रूपमा सञ्चालन हुँदैछ ।


कक्षपतिका अनुसार मिस नेपालको उपाधि जित्ने सुन्दरीले आगामी अक्टोबर महिनामा चीनमा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउनेछिन् । फस्ट रनर्सअपले नोभेम्बर महिनामा भियतनाममा हुने मिस अर्थमा सहभागिता जनाउनेछन् । यसपटकको मिस नेपालमा मिस पूर्वाञ्चल -२०१० फस्ट रनर्सअप पि्रया रानी लामा पनि सहभागी हुँदैछिन् । ५ फिट ४ इञ्च अग्ली १९ वषर्ीया लामा धरानकै स्थानीय बासिन्दा हुन् । उनी धरानमै माइक्रोबायोलोजीमा बीएस्सी अध्ययनरत छिन् ।


त्यसो त सन् २००९ मै कलेज एम्बेसडरको उपाधि जित्न सफल अजिता सिंह पनि यसपटकको मिस नेपालमा प्रतिस्पर्धी गर्दैछिन् । २१ वषर्ीया ५ फिट साढ छ इन्च अग्ली सिंह बीबीए चौथो वर्षकी छात्रा हुन् । सिंह भन्छिन्, 'आफ्नो क्षमता प्रस्तुत गर्न, युवापुस्तालाई प्रोमोट गर्न तथा देशको नाम विश्व समुदायसमक्ष पुर्‍याउन म मिस नेपालमा प्रतिस्पर्धा गर्दैछु ।'


भारतको दिल्लीबाट स्नातक उत्तीर्ण गरेर भरखरै स्वदेश फर्किएकी पश्चिम नेपाल -महेन्द्रनगर) की सुजाता स्वाँर यसपटकको मिस नेपाल प्रतियोगिता यसअघिका भन्दा बृहत् तथा प्रतिस्पर्धात्मक हुने बताउँछिन् । ५ फिट ४ इन्च अग्ली २२ वषर्ीया स्वाँर भन्छिन्, 'प्रायः सबै प्रतिस्पर्धी ५ फिट ४ इन्चभन्दा अग्ला छन्, सबै राम्रो पारिवारिक पृष्ठभूमिबाट आएका छन् र सबैभन्दा महत्त्वपूर्ण कुरा सबै जना स्नातक तह अध्ययनरत तथा अध्ययन पूरा गरेका छन् ।' स्वाँरको भनाइमा सहमति जनाउँदै गोदाबरी, ललितपुरकी २२ वषर्ीया प्रतिस्पर्धी समृद्धि राईले थपिन्, 'यसपटक मिस नेपालको मुकुट पहिरन सफल हुने सुन्दरीले कार पाउने भएकाले पनि चार्म बढेको हो ।' 'जे इच्छा छ त्यो पूरा गर्नुपर्छ भन्ने मेरो मान्यताका कारण आज म मिस ने पालमा प्रतिस्पर्धा गर्दैछु, समृद्धि भन्छिन्, 'ठूली भएपछि मिस नेपालमा भाग लिन्छु र जित्छु भन्ने मेरो सानै देखिको इच्छा हो ।'


धोबीघाट, ललितपुरकी २२ वषर्ीया कुसुमाञ्जली केसी भने आफूलाई प्रमाणित गर्नका लागि मिस नेपालमा सहभागी भएकी हुन् । ५ फिट ४ इन्च अग्ली बीएसडब्लूकी यी छात्रा अरूलाई बुझ्नुअघि आफूलाई बुझ्न अनिवार्य भएकाले त्यसैका लागि यो प्रतियोगितामा सहभागी भएको बताउँछिन् । कुले श्वरकी २० वषर्ीया चाँदनी ढेवाजु ५ फिट ६ इन्च अग्ली छिन् । स्नातक प्रथम वर्षकी यी छात्रा मिस नेपालको उपाधि जित्दै समाजलाई केही दिनका लागि आफू यो प्रतिस्पर्धामा सहभागी भएको बताउँछिन् ।


१९ वषर्ीया पि्रना महर्जन तथा नख्खुकी सरिता महर्जन मिस नेपाल- २०१० का सबैभन्दा अग्ली प्रतिस्पर्धी हुन् । उनीहरू दुवै जना ५ फिट ८ इन्च अग्ला छन् । पि्रना सिद्धार्थ वनस्थलीमा बीबीएस अध्ययनरत छिन् भने सरिता स्नातक तेस्रो वर्षकी छात्रा हुन् । 'यदि मैले मिस नेपालको उपाधि जितें मिस वल्र्डमा समेत केही न केही उपाधि पक्कै जित्नेछु, पि्रनाका अनुसार उनको शारीरिक उचाइले उनलाई सफलतातर्फ डोहोर्‍याउन सक्छ । सरिता भने आफ्नो शारीरिक उचाइका साथै बौद्धिक क्षमताका कारण पनि आफूलाई मिस नेपालको दाबेदार मान्छिन् ।


मैतीदेवीकी २० वषर्ीया अनिता आचार्य भने ५ फिट ५ इन्च अग्ली छिन् । अनिताले आफूमा भएको प्रतिभा प्रस्तुत गर्न मिस नेपालमा सहभागी भएको बताइन् । प्रतियोगितामा कलंकीकी २४ वषर्ीया सुपि्रया केसी -उचाइ ५ फिट ५ इन्च), बालुवाटारकी २० वषर्ीया रक्षा थापा -५ फिट ६ इन्च), गो ल्फुटारकी २३ वषर्ीया जस्वानी राणा -५ फिट ५ इन्च), नर्सिङ अध्ययनरत कोटेश्वरकी २१ वषर्ीया बिनिता थापा -५ फिट ४ इन्च), धुम्बुराहीकी १९ वषर्ीया संयुक्ता तिमिल्सिना -५ फिट ६ इन्च), काठमाडौंकी १९ वषर्ीया सदीक्षा श्रेष्ठ -५ फिट ६ इन्च), काठमाडौंकै १९ वषर्ीया वषर्ा श्रेष्ठ -५ फिट ६ इन्च), सातदोबाटोकी १९ वषर्ीया अस्मिता घिमिरे -५ फिट ६ इन्च), भैंसेपाटीकी बीस वषर्ीया चाँदनी अन्सारी -५ फिट ५ इन्च), भक्तपुरकी २३ वषर्ीया गंगा डाँगी -५ फिट ६ इन्च) तथा लाजिम्पाटकी २१ वषर्ीया बिन्दु केसी -५ फिट ६ इन्च) पनि मिस नेपाल-२०१० का प्रतिस्पर्धि हुन् ।


आयोजक गोपाल कक्षपति यसपटकको मिस नेपालका लागि कार्यक्रमस्थलको छनौट भने गर्न बाँकी नै रहेको बताउँछन् । 'काठमाडौंमा तीन-चार वटा ठाउँ छन्, कक्षपति भन्छन्, 'कुनै पाँचतारे होटलमा पनि गर्न सकिन्छ ।' यसपटक पनि डाबर नेपाल मुख्य प्रायोजकको रुपमा सहभागी छ । प्रतियो गितामा सुन्दरीहरुले धरानका चर्चित फेसन डिजाइनर उत्तम बनेपालीले डिजाइन गरेका आकर्षक गाउन लगाउनेछन् । उत्तम क्रिएसनका डिजाइनरहरू यतिबेला प्रतिस्पर्धी सुन्दरीको शारीरिक नाप लिन व्यस्त छन् । पूर्व मिस नेपाल सुगरिका केसी तथा मिस्टर काठमाडौं २००९ रवीन्द्र महर्जनले प्रतिस्पधार् मा उद्घोषकको भूमिका निर्वाह गर्नेछन् ।

करिश्माको छातीमा गुलाब

उमेरले चार दशक पुगेपछि 'सदासर्वदा सुन्दरी' करिश्मा मानन्धरको छातीको देब्रे भागमा फूल फुलेको छ, त्यो पनि गुलाबको । अहिले आएर यी नायिकालाई के  झोक चलेछ कुन्नि ? उनले आफ्नो दायाँ वक्षस्थलको उभारमा गुलाबको फुलको ट्याटु खोपाएकी छिन् । सुट लगाएका पुरुषले कोटमा फूल सिउरेर दंग परेझैं  करिश्मा पनि अचेल उनलाई आमन्त्रण गरिएका सार्वजनिक कार्यक्रमहरूमा उभारको फूल देखिने पहिरन लगाउँछिन् । गत साता मात्र राजधानीमा आयोजित  भिन्दाभिन्दै दुई कार्यक्रममा करिश्माको ओपन ड्रेस तथा उनको उभारको गुलाबको फूलको चर्चा भयो ।

करिश्माको मुहारको सुन्दरतालाई नियाल्ने कि ट्याटुमा नजर लगाउने ? हेर्नेहरू दोधारमा देखिए । 'लभस्टोरी-२०६६'को एल्बम विमोचन तथा चलचित्र 'फर्केर हे र्दा'को पि्रमियरमा करिश्माले उपस्थित पुरुषको मात्र होइनन्, महिलाहरूको ध्यान पनि आफूतिर तानेकी थिइन् । सुन्दरताकी उदाहरण मानिएकी यी नायिकाका  अघिल्तिर अन्य नायिकाको रंग फिक्का देखियो । त्यसको मूल कारण त्यही गुलाबको टाटु त होइन ? करिश्माको उक्त गुलाब मुटु भएतिर छातीको देब्रे भागमा  खोपिएको छ । स्मरण रहोस्, गुलाब प्रेमको प्रतीक हो । यति भनेपछि सबैको मनमा जिज्ञासा उठ्नु स्वाभाविक हो, करिश्माको मुटुको यो गुलाबले के संकेत  गरिरहेछ ?

Nepali Movies

Recently added movies are listed in red colors.
4. Choor
6. Chori Buhari
11. Buhari
Click here for More Nepali Movies

Nepali movie Karma ko phal

Nepali movie Karma ko phal part 1

Nepali movie Karma ko phal part 2

Nepali movie Karma ko phal part 3

Nepali movie Karma ko phal part 4

Nepali movie Karma ko phal part 5

Nepali movie Karma ko phal part 6

Nepali movie Karma ko phal part 7

Nepali movie Karma ko phal part 8

Nepali movie Karma ko phal part 9

Nepali movie Karma ko phal part 10

Nepali movie Karma ko phal part 11

Nepali movie Karma ko phal part 12(last part)

raju lama song collection



Bhutanese refugee story

pawankali july-24-2010

voice of teen july-23-2010

part 1

part 2

part 3


last part 4

Jhyaikuti Jhyai, july 23, 2010

part 1

part 2

part 3

Tito satya july-22-2010

Tito satya july-22-2010
part 1

part 2

part 3

Farewell interview with Manoj Gajruel

Kantipur News july-21-2010

Kantipur News july-21-2010

Madhan Bhadur hari bhadur July-20-2010

Madhan Bhadur hari bhadur July-20-2010


Madhan Bhadur hari bhadur July-20-2010 part 1

Madhan Bhadur hari bhadur July-20-2010 part 2

Madhan Bhadur hari bhadur July-20-2010 part 3

Nepali Tv serival Khoji Prativako July-20-2010

Nepali Tv serival Khoji Prativako July-20-2010
Part 1


part 2

part 3

Nepali Tv serival Khoji Prativako July-20-2010

Kantipur news july-19-2010 8:00 Pm

Jire khursani july-19-2010






Gharbeti Baa, July 19th 2010





Kantipur news july-18-2010 8:pm

Kantipur news july-18-2010 8:pm

Nepali Tv Cham Cham july-18-2010









Hindi mp3 Ajnabi free download/listen

Hindi mp3 Ajnabi free download/listen