मिस नेपालको दौड सुरु
बीस वर्षीया साहाना बज्राचार्य अहिले खुसी छिन् । पाँच फिट छ इन्च अग्ली काठमाडौंकी यी सुन्दरी खुसी हुनुको एउटै कारण हो, मिस ने पाल-२०१० मा सहभागिता । स्नातक तेस्रो वर्षकी यी छात्रा मिस नेपालका अन्य २३ प्रतिस्पर्धीभन्दा बढी खुसी हुनुपर्ने एउटै मात्र कारण मिस नेपालमा उनको यो दोस्रो पटकको सहभागिता हो ।